हुन्डी र सुन करोबारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ

माघ ५,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : हुन्डी र सुन करोबारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ परेका छन । राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ ।

विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो। उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ ।

उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ । कारोबारमा उनको समूह भएको अनुमान गरिएको महानिर्देशक ढुंगानाले जनकारी दिए ।

थप जानकारी आउन बाँकी रहेकाे छ ।

प्रकाशित : माघ ५,२०८० ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA