हुन्डी र सुन करोबारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ

माघ ५,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : हुन्डी र सुन करोबारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ परेका छन । राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ ।

विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो। उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ ।

उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ । कारोबारमा उनको समूह भएको अनुमान गरिएको महानिर्देशक ढुंगानाले जनकारी दिए ।

थप जानकारी आउन बाँकी रहेकाे छ ।

प्रकाशित : माघ ५,२०८० ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA