एनआईसी एशियाको संस्थागत सुशासनमा लापरबाही , चार कारण देखाएर राष्ट्र बैंकको कारबाही - JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : संस्थागत सुशासनमा भ्वाङैभ्वाङ देखिएपछि नेपाल राष्ट्र बैंकले एनआईशी एशिया बैंकमाथि कारबाही गरेको छ । विभिन्न चार कारण देखाउँदै राष्ट्र बैंकले उक्त बैंकमाथि कारबाही गरेको हो । एनआईशी एशियाले बैंकका सञ्चालक तथा निजको परिवारका सदस्य एवम् सम्बद्घ संस्थाको खाता खोलेको मिति पुरानो राखेर प्रकाशित ब्याजदरभन्दा धेरै ब्याज दिएको ठहर गरेको छ ।

त्यसरी धेरै दिइएको ब्याजदर फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्न प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल र सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको भन्दै राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न गराउन एवं सुधारको कार्ययोजना बनाइ लागु गर्न निर्देशन दिइएको छ ।

उता ब्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडेक्वेसी फ्रेमवर्क अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न समेत निर्देशन दिइएको छ । कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था यस बैंकको निर्देशन अनुरुप हुनेगरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिइएको छ ।

सोमबार मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोडमा झरेको छ । बैंक यो त्रैमासको अन्त्यसम्ममा वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ ।

प्रकाशित : माघ १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA