धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

भाद्र ३१,२०८३ / जेसी नेपाल संवाददाता

धनुषामा प्रहरीले स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहा देउरीस्थित भित्री सडकमा प्रहरीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ ३१ गते दिउँसो ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंका लागेर मोटरसाइकल चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको कमरमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।

नगद बरामद भएपछि बयारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA