छैटौँ मधानी महोत्सव मौलापुर सुरु : विश्व व्यापी बन्दै गएको निष्कर्ष : राैतहट JCNEPAL MEDIA

फाल्नु १२,२०८१/ जेसी नेपाल संवाददाता

रौतहट : मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सव औपचारिक रूपमा आइतबारदेखि शुरु भएको छ । जिल्लाको मौलापुर पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित आयोजना गरिएको पाँचदिने मधानी महायज्ञ सुरु भएको हो । महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले संयुक्त रूपमा विधिवत उद्धघाट गरेसंगै सुरु भएको छ ।

२०७६ साल देखि प्रत्येक वर्ष भगवान शिव पार्वतीको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण , नेपाल र भारतका लाखौँ दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने आयोजकले विश्वास लिएको छ । पूर्वमन्त्री प्रभु साहले साधुसन्त, कलाकारसहित प्राचिक दंगल कार्यक्रममा लाखौँको सहभागिता हुनेगरेको छ यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ भनेका छन् । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्म संस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउँछ । नेपाल र भारतको सम्बन्ध जोड्ने मधानी महोसत्वमा सबैको चासो रहेको बताउदै उनले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउनुपर्ने विचार राखेका थिए। नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडी बढीरहेको उनले बताए । महोत्सवको अवसरमा आयोजित साक्षारता अभियानले मौलापुरको गौरब बढाएको बताउदै पूर्व मन्त्री साहले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए ।

शुन्य कर नीतिदेखि लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदहरणीय रहेको बताउँदै साहले अन्य नगरपालिकाले समेत सिक्ने आइरहेकोमा खुशी व्यक्त गरेका थिए । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा साक्षारत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भईरहेको बताउदै मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसंग गरिन् । मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखि शुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाइरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुँदैछ ।

प्रकाशित : फाल्नु १२,२०८१ शाेमवार            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA