मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

श्रावण ०६, २०८३ / जेसी नेपाल संवाददाता

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजपीडितसँग साहुले गरेका फर्जी कागजात अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।

साहुले फर्जी कागजात बनाएर पैसा असुलिरहेको भन्दै मिटरब्याजपीडित आन्दोलन गर्दै आएका छन्। यससँगै सरकारले मिटरब्याजपीडितसँग गरिएको सम्झौतालाई अनुमोदन गरेको छ। साउन १ गते सरकारी वार्ता समितिले आन्दोलनरत मिटरब्याजपीडितसँग सहमति गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘अनुचित लेनदेन (मिटरब्याज)बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच मिति २०८३ साउन १ मा भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।

प्रकाशित : श्रावण ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA