मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

श्रावण ०६, २०८३ / जेसी नेपाल संवाददाता

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजपीडितसँग साहुले गरेका फर्जी कागजात अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।

साहुले फर्जी कागजात बनाएर पैसा असुलिरहेको भन्दै मिटरब्याजपीडित आन्दोलन गर्दै आएका छन्। यससँगै सरकारले मिटरब्याजपीडितसँग गरिएको सम्झौतालाई अनुमोदन गरेको छ। साउन १ गते सरकारी वार्ता समितिले आन्दोलनरत मिटरब्याजपीडितसँग सहमति गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘अनुचित लेनदेन (मिटरब्याज)बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच मिति २०८३ साउन १ मा भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।

प्रकाशित : श्रावण ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA