पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA

साउन ३०,२०८३ / जेसी नेपाल संवाददाता

वीरगन्ज : भारतबाट तस्करी गरी नेपालमा भित्रयाइएको प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको छ।

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठी क्षेत्रबाट सशस्त्र प्रहरीले ४ हजार ५ सय वटा चल्ला बरामद गरेर नष्ट गरेको हो। सशस्त्र प्रहरी टोलीलाई देखेपछि भारतबाट अवैध रूपमा ल्याउँदै गरिएका चल्ला छाडेर तस्करहरू फरार भएका थिए।

बरामद गरिएका प्रतिबन्धित चल्लालाई पशुपन्छी क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी र स्थानीयवासीको रोहबरमा खाल्डो खनेर त्यसमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

प्रकाशित : साउन ३०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि ,नेपालले उठाउँदै छ जलवायु परिवर्तनको मुद्दा :JCNEPALMEDIA

आजको मौसम पुर्वअनुमान यी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

काठमाण्डौका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै, नागरिकता या राष्ट्रिय परिचयपत्र चाहिने : JCNEPALMEDIA

'ब्रा' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA

सिम्रौनगढ सीमामा ‘सेटिङ’, मल तस्करीदेखि करोडौँको राजस्व चुहावटसम्म

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA