\'ब्रा\' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA

असार ३०,२०८३ / जेसी नेपाल संवाददाता

फुटबलको फिभरले कहिलेकाहीँ मानिसलाई कतिसम्म बहुलाउन बाध्य पार्छ भन्ने एउटा ताजा र जिब्रो टोक्ने घटना सार्वजनिक भएको छ । विश्वकप फुटबलमा आफ्नो देशले जितेको खुसीयाली मनाउने चक्करमा एक सुन्दरीले यस्तो हर्कत गरिन्, जसको चर्चा अहिले विश्वभर भइरहेको छ ।

ती सुन्दरीले गुडिरहेको कारबाटै ‘टपलेस’ (अर्धनग्न) भएर हर्कत देखाउँदा सडकमा बजारिएर अस्पताल पुग्नुपरेको छ । घटना कोलम्बियाको पश्चिमी सहर अर्मेनियाको हो । विश्वकपको ‘राउन्ड अफ ३२’ को कडा भिडन्तमा कोलम्बियाले घानालाई १-० ले हराएपछि सडकमा समर्थकहरूको भिड लागेको थियो । सबैजना आ-आफ्नो तरिकाले खुसी मनाउँदै थिए । तर, ती सुन्दरीको खुसी मनाउने स्टाइल अलि ‘हट’ र ‘डेन्जरस’ थियो । बिस्तारै गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकाल्दै उनले अचानक आफ्नो माथिल्लो लुगा र ‘ब्रा’ फुकालिन र दुवै हात हावामा हल्लाउँदै चिच्याउन थालिन् ।

उनी आफ्नो 'हट' अन्दाजमा रमाइरहेकै थिइन्, तर कार अलिकति अगाडि गुड्ने बित्तिकै उनले शरीरको सन्तुलन गुमाइन् । त्यसपछि जे भयो, त्यो हेर्नेहरूको मुटु काँप्ने खालको थियो । ती सुन्दरी कारको झ्यालबाट सिधै पछाडिको सडकको पक्की पिचमा पिठ्युँको भरमा पछारिन पुगिन् । भिडिओमा देखिएअनुसार बज्रिएपछि उनी केही सेकेन्डसम्म हलचल नगरी सडकमै पल्टिरहिन् । जब उनी उठ्न खोजिन्, उनी चरम ‘कन्फ्युजन’ मा थिइन् र अक्क न बक्क परेर आफ्नो जिउ ढाक्ने प्रयास गरिरहेकी थिइन् । सडकमा गुडिरहेको कारबाट ‘टपलेस’ हुँदै ब्रा हल्लाएकी ती युवतीको सन्तुलन बिग्रिएपछि उनी सिधै सडकको पिचमा बज्रिइन् । सडकमा हर्कत हेर्न झुम्मिएका कोलम्बियाको जर्सी लगाएका अन्य यात्रीहरूले उनलाई हतार-हतार उठाएर नजिकैको क्लिनिक पुर्‍याएका थिए । भाग्यवश, उनी ठूलो दुर्घटनाबाट जोगिएकी छन् ।

टाउको र शरीरमा सामान्य चोट लागेकी उनलाई एक रात अस्पतालमा कडा निगरानीमा राखेर भोलिपल्ट डिस्चार्ज गरिएको छ । यो लज्जास्पद र हँसाउने घटनापछि क्विन्डियो प्रहरीले भने कडा कदम चालेको छ । युवतीको ज्यान जोखिममा राखेर गाडी चलाउन दिएको भन्दै प्रहरीले कार चालकलाई मोटो जरिवाना तिराएको छ । जे होस्, जितको खुसी मनाउने नाममा यी सुन्दरीले सामाजिक सञ्जालमा ‘भाइरल’ हुने खुराक त दिइन्, तर यसले उनलाई जीवनभर नबिर्सिने पाठ भने पक्कै सिकाएको हुनुपर्छ ।

प्रमाशित : असार ३०, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिम्रौनगढ सीमामा ‘सेटिङ’, मल तस्करीदेखि करोडौँको राजस्व चुहावटसम्म

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA

सिरहा सशस्त्र प्रहरी द्वारा ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा : JCNEPALMEDIA

वालेन र उपप्रमुख सुनिता डंगोलबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास : JCNEPALMEDIA

काठमाडौं जिल्ला अदालतले छविलाल जोशीसँग माग्यो ५० लाख धरौटी -JCNEPAL MEDIA