धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

साउन ३१,२०८३ / जेसी नेपाल संवाददाता

देशमा खना पकाउने ग्याँसको अभाव रहेको वेला नेपाल सरकारले आपूर्ति असहज भइरहेको सुचना गरेता पनि सरकारलाई नै वेवस्ता गरि कालाेबजारी गरिरहेका थिए । यस्तो अबस्थामा जिल्ला प्रशासन कार्यालय माैन रहेको वेला नेपाल आयल निगमले तदरूक्ता देखाएका छन ।

कृतिम अभाव सृजना गरी ब्लैकमा ग्याँस बेचेको आरोपपछि धनुषाको यदुकूहामा नेपाल आयल निगमले छापामारी गरेको छ ।

शनिबार अपरान्ह उपभोक्ताहरुको गुनासोपछि शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको जानकी किचेन हाउसमा छापामारी गरेको हो । छापामारीको क्रममा सयौँ भर्ती सिलिण्डर बरामद भएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय यदुकूहाको समन्वयमा नेपाल आयल निगम महेन्द्रनगर डिपोका प्रमोद कुमार गोईतको नेतृत्वमा खटि गएको टोलीले यदुकूहास्थित सँजय कुमार साहले सँचालन गरेको जानकी किचेन हाउसमा छापामारी गरेको थियो । ग्याँस टनाटन भएपनि उपभोक्ताहरुलाई फिर्ता गर्ने, ग्याँस छैन भनेर फर्काउने प्रवृति देखिएको थियो ।

सोही क्रममा शंका लागेपछि चेकजाँच गर्दा १२० वटा प्रिमा कम्पनीको भर्ती ग्याँस र ८ वटा नोबेल कम्पनीको भर्ती ग्याँस बरामद भएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । जानकी किचेन हाउस यदुकूहाबाट ४०० खाली सिलिण्डर देखिएकोमा भर्ती पनि सोही अनुपातमा राखेर कालोबजारी गरेको भन्दै कारवाहीको सिफारिस समेत गरिएको हो । अनुगमन टोलीले सँचालक सँजय साहलाई कारवाही गर्न सिफारिस गरेको आयल निगमका कर्मचारी प्रमोद कुमार गोईतले जनाए ।

साहले प्रिमा ग्याँसबाट सिल तोडेर आधा आधा सिलिण्डरमा राखेर विक्री वितरण गर्दै आएको पाइएको हो । प्रिमा कम्पनीको ग्याँसबाट नोबेलको सिलिण्डरमा आधा आधा भरेर विक्री वितरण गरिरहेको पाईएको अनुगमन टोली प्रमुख गोईतले जानकारी दिए । सो क्रममा कैयौँ सिलिण्डर ग्याँसको सिल तोडिएको भेटिएको थियो । स्थानीय उपझोक्ताहरुको सबभन्दा अधिक गुनासो सोही डिलरको गएपछि आयल निगम महेन्द्रनगरले छापामारी गरेको थियो । छापामारीको क्रममा देखिएको बेतिथि, कालोबजारी सम्बन्धी प्रतिवेदन बनाएर मुचुल्का गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत कारवाही गरिने जनाइएको छ ।

प्रकाशित : साउन ३१, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA