पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA

साउन ११,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारील बताए। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो।

प्रकाशित : साउन ११, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीका एक निर्वाचित मेयरले मलाई पिट्ने धम्की दियो : साँसद साह JCNEPAL MEDIA

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता : JCNEPAL MEDIA

सिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ

हिरा महासेठ उर्फ (चाची)काे घरमा दुहबी स्थित भारतीय एनआईए र एसएचओकाे टिम गरे थप अनुसन्धान: JCNEPAL MEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA