सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

भदौ ३१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : सिरहामा प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्समा लोड गरिएको अवस्थामा १०५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चौहर्वातर्फबाट ज १ च १११३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी सिरहातर्फ आउँदै गरेको गोप्य सूचना प्राप्त भएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै सिरहा नगरपालिका–९ स्थित हुलाकी सडक खण्डमा नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा जुटका पाँचवटा बोराभित्र गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो ।

तौल गर्दा उक्त पदार्थ १०५ किलो ग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देखेपछि एम्बुलेन्स चालक भने गाडी छाडेर फरार भएका छन् । प्रहरीले एम्बुलेन्स र बरामद पदार्थ जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

फरार चालकको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : भदौ ३१, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA