जंगली जनावरको आतंकका कारण धनुषाका तरकारी किसान समस्यामा, समयमै समस्या समाधान नभए तरकारी खेती गर्न नसकिने

बटुकनाथ झा, जनकपुरधाम पुस ११ गते । धनुषा जिल्लाको उत्तरी तथा पुर्वी क्षेत्रमा जंगली जनावर निलगाई तथा बनेलको आतंकका कारण तरकारी किसानहरुको समस्या बढेको छ । हुलमा रहेका निल गाई तथा बनेलले किसानहरुले खेतमा लगाएका तरकारी बाली सखाप पार्ने गरेकाले जिल्लाका अधिकांश तरकारी किसानहरु समस्यामा परेका छन् । जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, पुर्वी क्षेत्र सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका लगायतका क्षेत्रमा विगत केहि वर्ष यता किसानहरुको लगानी तथा परिश्रम निलगाई र बनेलको आतंकका कारण बर्बाद भईरहेको अवस्थामा यसको समाधानका लागि आवाज उठ्न थालेका छन् । शनिबार शहीदनगर नगरपालिका ६ हठीपुर तथा वडा नं. १ बालाबाखरका किसानहरुको समास्या सुन्नका लागि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य रामअशिष यादव सहितका टोली पुगेका थिए । खाद्य अधिकारका क्षेत्रमा काम गर्ने संस्था फियान नेपाल तथा खाद्य अधिकार संजाल धनुषाको आयोजनामा सरोकारबला निकायका प्रतिनिधि सहित पुगेका टोली समक्ष किसानहरुले आफ्ना समस्या राखेका थिए । बालाबाखरका रामजस यादवले नीलगाईको आतंकका कारण खेतमा लगाएको तरकारी नष्ठ गरीरहेकाले त्यसबाट बचाउन १५ हजारमा तारजाली खरिद गरेको दुखेसो पोख्नु भयो । खेतमा लगाएको काउलीलाई बताउन तालजाली लगाउन लागेको उहाँको भनाई छ । उहाँले विगत केहि वर्ष देखि आफु निलगाईको आतंकका कारण आफुहरु आक्रान्तमा परेकाले किसानहरुको समस्यालाई समाधान गर्न निल गाईको आक्रमण रोक्न राज्यले पहल गर्नुपर्ने बताउनु भयो । अर्का किसान पवन यादवको पनि समस्या यस्तै छ । बनसुगर र निलगाईको आक्रमणले आफुहरु तरकारी खेती गरेपनि बाली भित्रियाउन नसकेको बताउनु हुन्छ । किसानहरुको समस्या सुनेर अर्थमन्त्री साहले तराईमधेशका २२ वटै जिल्लाका कुनै न कुनै जनावरको आतंकले किसान समस्यामा रहेकाले कानुनी रुपमा केन्द्र सरकारले यसको लागि काम गर्नुपर्ने बताउनु भयो । संघीय कानुनमा जंगली जनावरलाई मार्ने काम कानुन विपरित रहेकाले निलगाईको आतंक बढेपनि किसानहरुले केहि गर्न नसकेको उहाँले बताउनु भयो । कृषकको पक्षमा केन्द्र सरकारले कानुन बनाई यस्ता जंगली जनावरको आतंकबाट बच्न कुनै उपाय लगाउनु पर्ने बताउनु भयो । कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले खेती क्षेत्रको बालीनाली जंगली जनावरको आतंकले नष्ट भईरहेको अवस्थामा ती जनावरको सिकार गर्नुपर्ने, अथवा जंगलमा व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । यसका लागि सामुहिक प्रयासले कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताउनु भयो । किसानहरुका विच मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका अधिकृत सुजित कुमार झाले राज्य पक्षले यस्तो समस्या समाधानका लागि निलगाई तथा बदेलको सिकारका लागि पहल गर्दा यसले पर्यटन व्यवसायको विस्तारका साथै नीलगाई र बदेलको संख्या पनि कम हुने तर्क दिनुभयो । स्थानीय तह मार्फत सिकारको लागि लाइसेन्स वितरण गरि यसबाट राजश्व समेत संकलन गर्न सकिने बताउनु भयो । निलगाईमा गर्भधारणको क्षमता बढी भएकाले समयमा यस्तो समस्याको समाधान नगरे केहि वर्षमै यो बिकराल रुपलिने मिथिला वाइल्ड लाइफ ट्रस्टका प्रमुख देवनारायण मंडलले बताउनु भयो । फियान नेपालका प्रदेश प्रमुख नन्दिनी यादवको अगुवाईमा भएको सो अनुगमनमा किसानहरुले आफुहरुले भोगेका कुरा राख्दै समयमा निलगाईको आतंक नराकिइ आफुहरु कृषि पेशा नै छोड्न बाध्य हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA