पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कार्तिक १५,२०८२ / जेसी नेपाल संवाददाता

डिजेलकाे मूल्य घटेको छ । शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य यथावत रहेपनि डिजेलको मूल्य घटेकाे जानकारी दिएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ र हवाई इन्धनमा प्रति लिटर रु.०.८६ ले बढेर तथा प्रति लिटर डिजेलमा रु.१.१९ ले घटेर आएको निगमले जनाएको छ । तर निगमकाे‍ शुक्रबारकाे सञ्चालक समितिकाे निर्णयअनुसार पेट्राेलकाे मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएकाे छ ।

निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु. १ ले घटाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.१ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले बढाईएको छ ।

प्रकाशित : कार्तिक १५,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA