पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कार्तिक १५,२०८२ / जेसी नेपाल संवाददाता

डिजेलकाे मूल्य घटेको छ । शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य यथावत रहेपनि डिजेलको मूल्य घटेकाे जानकारी दिएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ र हवाई इन्धनमा प्रति लिटर रु.०.८६ ले बढेर तथा प्रति लिटर डिजेलमा रु.१.१९ ले घटेर आएको निगमले जनाएको छ । तर निगमकाे‍ शुक्रबारकाे सञ्चालक समितिकाे निर्णयअनुसार पेट्राेलकाे मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएकाे छ ।

निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु. १ ले घटाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.१ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले बढाईएको छ ।

प्रकाशित : कार्तिक १५,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA