पहिलो महिला प्रहरी चैतमाया ,जसको हात समाउँदा एसपीको जागिर नै गयो

पुष २३, २०८० / जेसी नेपाल मिडिया

काठमाडौं : १९९० साल जेठमा चावहिलमा जन्मिएकी चैतमाया डंगोलको अहिले दैनिक दिनचर्या विहानको भजनमण्डलीमा वित्छ। ८९ वर्षीया चैतमाया सकुन्जेल आफ्नो काम आफैं गर्नुपर्छ भन्ने मान्यता राख्छिन्।

चैतमायाको परिचय यतिले पुग्दैन। उनी नेपालको पहिलो महिला प्रहरी हुन्। सिंहदरबार गएर खेल्न र रमाइलो गर्न पाइन्छ भन्दाभन्दै उनलाई बाध्यताले प्रहरी भर्ना हुनुपर्‍यो । २००८ साल असार ११ मा प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया पारिवारिक असहमतिका बावजुत पनि झन्डै ३२ वर्ष प्रहरीमा जागिर खाइन्। २०३९ मा प्रहरी सहायक निरिक्षक (असई) बाट उनले अवकाश लिइन्।

किसान परिवारमा जन्मेकी चैतमाया पाँच दिदीबहिनी र दुई भाइमा जेठी सन्तान हुन्। उनले प्रहरीमा जागिर खान्छु भनेर कहिल्यै सोचेकी थिइनन्। २००८ मा प्रहरी महानिरीक्षक नर शम्शेर जबराले केही महिलालाई पढाइदिने र पैसा समेत दिने भन्दै हिँडेको उनले थाहा पाइन्। तर, सिंहदरबारमा लैजाने थाहा पाएपछि चैतमाया जान राजी भइन्। चार महिना तालिम दिएपछि ‘अब तिमीहरु प्रहरी भयौ’ भनेर भनेपछि चैतमाया छक्क परिन्। सुरुमा उनी रोइन् पनि।

अब जागिर छाड्छु भनेपछि उनलाई केही तर्साए। चार महिनासम्म खान दिएको पैसा फिर्ता गर भनेपछि चैतमाया अक्क न बक्क हुनुपर्‍यो। ‘कि जेल जान ठिक पर, कि प्रहरीमा जागिर खाउ’ भनेपछि उनले प्रहरीमै जागिर खाने निधो गरेकी थिइन्। चैतमायाको स्थानीय केदार श्रेष्ठसँग विवाह भयो। केदारले आफूलाई प्रहरीमा जागिर खान गएको पटक्कै मन नपराउने गरेको सम्झिन्छिन् उनी। सानै देखि हक्कि स्वभाविकी उनी कहिल्यै झुठो नबोल्ने, कसैसँग नडाउने भएकाले पनि कहिलेकाहीँ उच्च तहका प्रहरी अधिकृतसँग बाझाबाझ हुन्थ्यो।

उनले जागिरे जीवन सम्झँदै भनिन्। नाम नलिइकन एक एसपीको जागिर आफ्नै कारणले गएको उनी बताउँछिन्। खासमा मदिराले मातिएका ती एसपीले चैतमायाको हात समाउँदा त्यो घटना उच्च तहमा रिपोर्टिङ भएपछि ति एसपीको जागिर गएको रहेछ। ३० रुपैयाँ मासिक तलबमा प्रहरीमा प्रवेश गरेकी चैतमाया ८२ रुपैयाँ तलब पुगेपछि अवकाश लिएकी थिइन्। त्यतिबेला खाएको जागिरले अहिले आउने पेन्सले उनको जीवन गुजारा सजिलै चलेको छ। उनी अहिले मासिक १८ हजार पेन्सन पाउँछिन्।

चैतमायाको साहार केदारले प्राण त्यागिसके। उनी अहिले आफु एक्लो हुँदा साहै्र नरमाईलो लाग्ने बताउँछिन्। उनी भन्छिन् : अब धेरै बुढ्यौली लागिसक्यो, मलाई भान्जाभान्जीले हेरेका छन्। मेरो सेखापछि यिनै भान्जाभान्जीलाई सबै सम्पत्ति सुम्पिन्छु। अहिले पनि नेपाल प्रहरीका हाकिमले चैतमायालाई बेलाबेला सम्झने गर्छन्।

नेपालको पहिलो महिला प्रहरी भनेर बेलाबखत सम्मान गर्ने गरेको उनी सम्झन्छिन्। उनी भन्छिन्, पहिला मलाई प्रहरीमा किन जागिर खाएँ होला जस्तो लाग्थ्यो। तर अहिले धेरैले सम्झिन्छन्। सम्मान पाउँदा खुशी लाग्छ। नेपाल प्रहरीले आफ्नो ६६ औं दिवसमा चैतमायालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको थियो। उनी यो सम्मान थाप्दा भावविह्वल भएकी थिइन्।

प्रकाशित : पुष २३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA

आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA