लागु औषध सहित एक जना महिला प्रहरीको नियन्त्रणमा : पर्सा #JC_NEPAL_MEDIA

माघ २७, २०८० / जेसी नेपाल संवाददाता

कुमार साह / पर्सा लागु औषध सहित एक जना महिला लाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डमा बाट जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागु औषध सहित पक्राउ परेकी महिला लाइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रकाशित : माघ २७,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA