घर-घरमै पुगेर बिरामीलाई सेवा दिँदै ग्रिन क्रस होम केयर -JCNEPAL_MEDIA

मंशिर ४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौंको नयाँबानेश्वरस्थित ग्रिन क्रस होम केयर सर्भिसले घरमै राखेर लामो समय उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ। विगत तीन वर्षदेखि ग्रिन क्रसले उक्त सेवा उपलब्ध गराउँदै आएको हो।

ग्रिन क्रसले अपांगता भएका, घरमै औषधि चलाउन पर्ने, दीर्घ रोगी, प्यारालाइसिस भएका, क्यान्सर भइ समय-समयमा किमो थेरापी दिनुपर्नेलगायत विभिन्न स्वास्थ्य सेवा घरमै पु्गेर दिनेगरेको संस्थाका निर्देशक जनक पाण्डेय बताउँछन्। उनले रगत जाँच गर्नुपर्ने बिरामीको पनि घरबाटै नमुना संकलन गरेर ल्याबरिपोर्टसमेत घरमै दिने गरेको बताए।

घरमै फिजियो थेरापी सेवासमेत उपलब्ध गराउँदै आएको उनको भनाइ छ। 'हाम्रो सेवाबाट बिरामीले समयमा उपचार पाउँछन्। परिवारका सदस्यलाई पनि अस्पताल लगिराख्नु पर्ने झन्झट हुँदैन। उपचार नपाउने चिन्ता पनि रहन्न। बिरामीको अवस्था हेरेर हामीले निको नहुन्जेलसम्म उक्त सेवा उपलब्ध गराउँछौं,' उनले भने। काठमाडौं उपत्यका, धनगढी, धरान, इटहरी, विराटनगर र पोखराबाट सेवा प्रदान गर्दै आएको उनको भनाइ छ।

आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने पाण्डेयले बताए। 'हाम्रोमा शुल्क धेरै महँगो छैन। बाटो खर्च जोडिदैन। बिरामीको सेवाको प्रकृति हेरेर शुल्क लिने गरेका छौं,' उनले भने, 'सेवा भावलाई प्राथमिकतामा राख्दै आएका छौं।' अहिले ३२ जना कर्मचारीबाट सेवा प्रदान गर्दै आएको उनले बताए। सेवा लिनका लागि ९८६७२६४०४६ र ९८०३८०९८०९ मा सम्पर्क गर्न सकिन्छ। ग्रिन क्रसको फेसबुक पेज ग्रिन क्रस होम केयर सर्भिसमा गएर पनि सम्पर्क गर्न सकिने पाण्डेयले बताए।

प्रकाशित : मंशिर ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA