काठमाडौं सरकारी वकिलकामा जारी छ रवीको बयान -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र आफैंले पनि लिएको ऋण नतिरेको प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं भद्रकालीमा जारी राखिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट विहीबार बेलुका बयानका लागि काठमाडौं झिकाइएको थियो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो। उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ। रविले गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक हुँदा सवारीका निम्ति भनी आफैं ४६ लाख ऋण लिएका थिए भने यस प्रकरणमा फरार रहेका मुख्य अभियुक्त जीबी राईमार्फत ४६ लाख सोही सहकारीबाट लिएको प्रहरी अनुसन्धानमा खुलेपछि बयान गराइएको हो।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो। सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ। प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ। बढीमा तीन दिन र सकभर शुक्रबारै बयान सिध्याएर लामिछानेलाई कास्की पठाउने तयारी छ।

स्रोतले भन्यो,‘आज बयान सकिएन भने आइतबार सकेर पठाउने तयारी छ। यद्यपि आइतबार उपनिर्वाचन रहेका कारण त्यसको पनि सम्भावनाबारे अध्ययन गरी सकभर आज पठाउन सकिनेछ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुजेलियाकाे पुस्तकालयमा पारदर्शिताकाे अभाव : कार्यकाल सके पनि निर्वाचन, लेखा परिक्षण र साधारणसभा अधुरोJCNEPAL MEDIA

धनुषा प्रहरीले अवैद्य देह व्यापार चलाउने लज सँचालकसहित ७ जना गरे पक्राउ : JCNEPAL MEDIA

पेट्रोलको मुल्य लिटरमा पाँच रुपैयाँले घट्यो : JCNEPAL MEDIA

छैटौँ मधानी महोत्सव मौलापुर सुरु : विश्व व्यापी बन्दै गएको निष्कर्ष : राैतहट JCNEPAL MEDIA

माओवादीले ७ प्रदेश र ७७ जिल्लाको ईन्चार्ज ताेके ,मधेशमा मातृका र धनुषामा श्रवण बरबरिया ईन्चार्ज JCNEPAL MEDIA

ट्रम्प राष्ट्रपति हुदै अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटकाे मूल्य घट्याे : JCNEPAL MEDIA