काठमाडौं सरकारी वकिलकामा जारी छ रवीको बयान -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र आफैंले पनि लिएको ऋण नतिरेको प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं भद्रकालीमा जारी राखिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट विहीबार बेलुका बयानका लागि काठमाडौं झिकाइएको थियो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो। उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ। रविले गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक हुँदा सवारीका निम्ति भनी आफैं ४६ लाख ऋण लिएका थिए भने यस प्रकरणमा फरार रहेका मुख्य अभियुक्त जीबी राईमार्फत ४६ लाख सोही सहकारीबाट लिएको प्रहरी अनुसन्धानमा खुलेपछि बयान गराइएको हो।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो। सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ। प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ। बढीमा तीन दिन र सकभर शुक्रबारै बयान सिध्याएर लामिछानेलाई कास्की पठाउने तयारी छ।

स्रोतले भन्यो,‘आज बयान सकिएन भने आइतबार सकेर पठाउने तयारी छ। यद्यपि आइतबार उपनिर्वाचन रहेका कारण त्यसको पनि सम्भावनाबारे अध्ययन गरी सकभर आज पठाउन सकिनेछ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA