दुहबीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा खैरो हिरोइन सहित दुई जना पक्राउ : JCNEPAL MEDIA

मंशिर २५,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : प्रहरीले लागुपदार्थ खैरो हिरोइन सहित दुहबीबाट दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी सन्युक्त टोलिले विदेह नगरपालिका–२ दुहबीमा चेकजाँचका क्रममा लागु औंषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका हुन् ।

दुहबीबाट तिनकौरियातर्फ आउँदै गरेको मोटरसाइकल चेक गर्ने क्रममा गणेशमान नगरपालिका-११ गौरीपुराका १८ बर्षीय धिरज यादव र गणेशमान २ का १८ बर्षीय लक्ष्मीनारायण जयसवाललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले यादव र जयसवालको साथबाट १ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो । पक्राउ परेका यादव र जयसवालमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

पर्सामा श्रोत नखुलेको १० लाख बढी रकमसहित तीन जना पक्राउ : JCNEPALMEDIA

TikTok मा हालेको भिडियोका कारण धनुषामा दुई समुदायबीच तनाव, मस्जिदमा तोडफोड JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न जरुरी : गृहमन्त्री JCNEPAL MEDIA