यमन र साउदी अरबबिच फेरि बढ्यो द्वन्द्व : JCNEPALMEDIA

मंसिर १३,२०८३ / जेसी नेपाल मिडिया

काठमाडौं : यमन र साउदी अरबबिच फेरि द्वन्द्व बढेको छ। बन्दुकधारीहरूले यमनको दक्षिणी तटमा एउटा मालवाहक जहाज कब्जा गरेका छन्। साउदी अरबले बितेका दुई दिनमा रियाद र देशको दक्षिण क्षेत्रमा हुथीले प्रहार गरेका दुई मिसाइल खसालेको बताएको छ।

बेलायती समुद्री निगरानी एजेन्सी युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार, यमनको तटीय सहर बलहाफबाट करिब १२० किलोमिटर टाढा ‘अनधिकृत मानिस’ले एउटा मालवाहक जहाजमा चढेर त्यो आफ्नो नियन्त्रणमा लिएका छन्। यो घटना अफ्रिकाको हर्न र एडेनको खाडी आसपास डकैती बढिरहेका बेला भएको हो। यसैबिच साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले हुथी समूहले साउदी अरबको दक्षिणी क्षेत्रतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका छन्।

यद्यपि यससलाई वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको उनको भनाइ छ। एक दिनअघि मात्र साउदीका अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको क्रुज मिसाइल खसालिएको बताएका थिए। हुथी समर्थक सञ्चारमाध्यमले पछिल्लो कारबाही साउदीले गरेको हवाई आक्रमणको बदला भएको उल्लेख गरेका छन्। यमनको दक्षिणी तटमा बन्दुकधारीहरूले एउटा मालवाहक जहाज कब्जा गरेका छन्। हुथी विद्रोहीहरूद्वारा सञ्चालित यमनी समाचार एजेन्सीहरूका अनुसार, साउदी नेतृत्वको गठबन्धनले राजधानी सानासहित धेरै क्षेत्रमा हवाई आक्रमण गरेको छ। हुथी टीभी च्यानल अल-मसिराहले सानाको आवासीय क्षेत्रमा भएको आक्रमणमा १३ जना घाइते र धेरैवटा घर र पसलमा क्षति भएको दाबी गरेको छ।

यसैबिच हुथी आन्दोलनसँग सम्बद्ध यमनी सशस्त्र बलका प्रवक्ता याह्या सारीले साउदी सेनाले विगत २४ घण्टामा सानासहित यमनका नौ प्रान्तमा १०४ हवाई र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार, लक्षित क्षेत्र अल-जौफ, ताइज, इमरान, हज्जा, सादा, अल-हुदयदाह, लाहज, अल-बैदा र अल-धाले थिए।

यमनी सञ्चारमाध्यमका अनुसार, साउदीका युद्धक विमानहरूले ताइज, अब र सानामा पावर प्लान्ट, ग्यास प्रतिष्ठान र इन्धन भण्डारण सुविधामा पनि आक्रमण गरेका छन्। रिपोर्टअनुसार, मोखा पावर स्टेसनलाई फेरि निसाना बनाइएको छ। जसका कारण ग्यास प्रसारण र वितरण सुविधामा पनि क्षति भएको छ।

प्रकाशित: मंसिर १३, २०८३                       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवाह, त्यसपछि २० लाख भारतीय रुपैयाँको ठगी र अहिले फरार रहेको पुजा सासमान माथि लगाए गम्भीर आरोप : JCNEPALMEDIA

जनकपुरकाे राराब क्याम्पसमा २० करोडभन्दा बढी शुल्क घोटाला, प्रमाण मेटाउन जेनजी आन्दोलनको आडमा आगजनी : JCNEPALMEDIA

धनुषामा कमला स्नान गरी फर्किने क्रममा ट्याक्टरकाे चक्काले किचदा १४ वर्षीय बालकको मृत्यु : JCNEPALMEDIA

धनुषा प्रहरीको नियन्त्रणबाटै छुटेर उम्किएका कुशेश्वर भाग्दै गर्दा जटहीबाट पक्राउ : JCNEPALMEDIA

भारतकाे मणिपुरमा विषाक्त रक्सी पिउँदा ११ जनाको मृत्यु, १५० भन्दा बढी व्यक्ति अस्पताल भर्ना : JCNEPALMEDIA

जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरसम्म : JCNEPALMEDIA