जनकपुरकाे राराब क्याम्पसमा २० करोडभन्दा बढी शुल्क घोटाला, प्रमाण मेटाउन जेनजी आन्दोलनको आडमा आगजनी : JCNEPALMEDIA

मंशिर १०,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : धनुषाको जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पछिल्लो पाँच वर्षको अवधिमा विद्यार्थीबाट संकलित २० करोड रुपैयाँभन्दा बढी शुल्क हिनामिना भएको खुलासा भएको छ। करिब २० हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा भएको उक्त अनियमितताको प्रमाण नष्ट गर्न ‘जेनजी आन्दोलन’ को मौका छोपी क्याम्पस प्रमुख र लेखा शाखामा समेत आगजनी गरिएको पाइएको छ। २०८१ माघ–फागुनमा परीक्षा फाराम भर्ने क्रममा रसिद हुँदाहुँदै पनि रेकर्डमा शुल्क नदेखिएपछि सुरुमा ३६ जना विद्यार्थीले प्रशासनमा निवेदन दिएका थिए।

सोही उजुरीपछि छानबिन गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत विद्यार्थी शुल्कमा भएको अहिलेसम्मकै ठूलो भ्रष्टाचार बाहिरिएको हो। घटनाको मुख्य आवरणमा लेखा सहायक सञ्जय दास देखिएका छन्। यद्यपि, वर्षौंसम्म यति ठूलो रकम एक्लैले हिनामिना गर्न सम्भव नहुने भन्दै तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुख, त्रिविको आन्तरिक लेखापरीक्षण र महालेखा परीक्षकहरू समेत शंकाको घेरामा तानिएका छन्।

उजुरीपछि त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरले खटाएको पहिलो छानबिन टोलीले संकलन गरेका रसिदहरू एकै ठाउँमा राखेको थियो। तर, उक्त टोलीको प्रतिवेदन चित्तबुझ्दो नभएपछि दोस्रो टोली जनकपुर आउनुअघि नै २०८२ भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र छानीछानी आगो लगाइयो। क्याम्पसका अन्य कार्यालय सुरक्षित रहनु र दासकै निर्देशनमा केही विद्यार्थीसमेत प्रयोग गरी रसिद जलाइनुले प्रमाण नष्ट गर्नकै लागि आगजनी गरिएको शिक्षक तथा कर्मचारीहरूको दाबी छ।

आगजनीबाट बचेका रसिदहरूको आधारमा मात्र सञ्जय दासले ६ करोड २४ लाख रुपैयाँ हिनामिना गरेको प्रमाण फेला परिसकेको छ भने बाँकी प्रमाण मेटाउने प्रयास अझै जारी रहेको जनाइएको छ।

प्रकाशित : मंशिर १०,२०८३                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा कमला स्नान गरी फर्किने क्रममा ट्याक्टरकाे चक्काले किचदा १४ वर्षीय बालकको मृत्यु : JCNEPALMEDIA

धनुषा प्रहरीको नियन्त्रणबाटै छुटेर उम्किएका कुशेश्वर भाग्दै गर्दा जटहीबाट पक्राउ : JCNEPALMEDIA

भारतकाे मणिपुरमा विषाक्त रक्सी पिउँदा ११ जनाको मृत्यु, १५० भन्दा बढी व्यक्ति अस्पताल भर्ना : JCNEPALMEDIA

जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरसम्म : JCNEPALMEDIA

धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA