काँग्रेसपार्टीमा नेतृत्वका लागि देश दौडाहामा कोइराला- JCNEPAL MEDIA

पुस ११,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले १५ औं महाधिवेशनको टुंगो नहुँदै नेतृत्वका लागि अभियान अघि बढाएका छन् । १४ औं महाधिवेशनताका पनि उनले यस्तै अभियान दुई वर्षअघि नै सुरु गरेका थिए ।

आफ्नै भाइ शशांक र बहिनी सुजाता कोइराला मात्रै होइन, रामचन्द्र पौडेल (हालका राष्ट्रपति), प्रकाशमान सिंहलगायतका नेताको साथ नपाउँदा गगन थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारजस्ता युवालाई साथमा लिएर देउवासँगको प्रतिस्पर्धामा कोइराला भिडेका थिए ।

१४ औं महाधिवेशनमा खसेको ४ हजार ६ सय २३ मतमा २७ सय ३३ मत ल्याएर देउवा सभापतिमा निर्वाचित हुँदा कोइरालाले १८ सय ५५ अर्थात् ४० प्रतिशत मत प्राप्त गरेका थिए । कोइराला निकट एक नेता भन्छन्, ‘देउवा अहिले पनि बेलाबखत त्यत्रो मत कसरी ल्याउनु भयो भन्दै कोइरालासँगको भेटमा आश्चर्य प्रकट गर्ने गर्छन् । युवा नेता गुरुराज घिमिरे कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा प्राप्त गरेको ४० प्रतिशत मत र त्यसअघि केन्द्रीय सदस्यमा ल्याएको लोकप्रिय मत जिल्ला दौडाहालाई मुख्य कारण ठान्छन् ।

उहाँलाई माथिको गुटबन्दीभन्दा तलका कार्यकर्ताप्रति बढी विश्वास छ । त्यसैले उहाँ बढी जिल्लातिरै जान रुचाउनु हुन्छ, तर हामीहरू समन्वय गरेर, माथि र तल मिलाएर जाँदा नै सहज हुन्छ भनिरहेका छौं : घिमिरेले भने । प्राथमिकता छनोट गर्ने उहाँ आफैंले हो ।

प्रकाशित : पुस ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA