धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

भदौ ३१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाका ४ वटा वडाध्यक्षसहित देशभरिका १० जनप्रतिनीधिको पद चौपट्ट भएको छ । निर्वाचन आयोगले विभिन्न स्थानीय तहबाट निर्वाचित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । सम्बन्धित राजनीतिक दलले उनीहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी गराएपछि प्रचलित कानुनअनुसार आयोगले निर्वाचित पद रिक्त भएको घोषणा गरेको हो ।

पद रिक्त हुनेमा धनुषाका चार, खोटाङका दुई, डोल्पाका दुई तथा कैलाली र मोरङका एक–एक जना जनप्रतिनिधि छन् । अधिकांश वडा अध्यक्ष छन् भने केही गाउँपालिका उपाध्यक्षको पदसमेत रिक्त भएको छ । धनुषामा शहीदनगर नगरपालिका–८ का वडा अध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडा अध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडा अध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका–२ का वडा अध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको आयोगको निर्णयसम्बन्धी विवरणमा उल्लेख छ ।

त्यस्तै, खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडा अध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष भुबलराज राई, कैलालीको बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष गणेशराज गिरी, डोल्पाको जिरी नगरपालिका–६ का वडा अध्यक्ष मरिचबहादुर खड्का र जिरी नगरपालिका–३ का वडा अध्यक्ष खेतराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडा अध्यक्ष गयानन्द सरदारको पद पनि रिक्त भएको जनाइएको छ ।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ मा दल त्यागसम्बन्धी व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार सम्बन्धित दलबाट दल त्याग गरेको सूचना प्राप्त भएपछि आयोगले पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो ।

प्रकाशित : भदौ ३१, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA