नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी : अस्पताल लबएएलीJCNEPAL MEDIA

पुस १६,२०८१ / जेसी नेपाल संवाददाता

नेपालगञ्ज- यहाँस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरिएकाे छ।

अस्पतालमा तलबलगायत सुविधा बृद्धिको माग राखेर कर्मचारी आन्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरेर ठूलाे संख्यामा कर्मचारी माग गरिएकाे छ। सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयाँ कर्मचारी माग गरेकाे हाे। आन्दाेलनकाे २० औं दिन अस्पतालकाे नाम नै परिवर्तनकाे बाेर्ड राखिएपछि कर्मचारी उत्तेजित भएका छन्।

आन्दाेलन परिचालन कमिटिका संयाेजक सुमन गिरी श्रेष्ठले कर्मचारीकाे मागलाई सम्बाेधन गर्नुकाे सट्टा अस्पताल व्यवस्थापनले नाम परिवर्तन गरेर नयाँ कर्मचारी माग गरी आन्दाेलनरत कर्मचारीलाई त्रसित बनाउने प्रयास गरेकाे बताइन्। मेडिकल कलेजमा तीन हप्तादेखि आन्दाेलन चलिरहेकाे छ। व्यवस्थापन र आन्दाेलनरत कर्मचारीका बीचमा निरन्तर वार्ता हुन सकेकाे छैन।

अस्पतालकाे नाम परिवर्तन र नयाँ कर्मचारी मागले शान्तिपूर्ण आन्दाेलन भड्किने आन्दाेलनकारीकाे चेतावनी रहेकाे छ।

प्रकाशित : पुस १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ JCNEPALMEDIA

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA