दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

दिपक बस्नेत
माघ २५ तामाकोशी
दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु गरिएको छ ।
नेपाल सरकारको कृषि तथा पशुपंछि विकास मन्त्रालयले राष्ट्रव्यपि रुपमा कार्यक्रम संचालनमा ल्याएपछि मेलुङ गाउँपालिकाले पनि सोहि कार्यक्रम अनुसार खोप लगाउँन सुरु गरिएको मेलुङ गाउँपालिकाका पशु शाखा प्रमुख राष्ट्र कुमार श्रेष्ठले जानकारि दिनु भयो ।
आजबाट सुरु भएको कार्यक्रम पालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर ४ भड्पु, वडा नम्बर ६ मेलुङमा करिव ७ सय वटा बाख्रालाई खोप लगाइएको छ । कार्यक्रम एक हप्ता सम्म संचालनहुने जनाइएको छ । यस्ता खालका कार्यक्रमले किसानमा राहात मिल्ने सर्वसाधारणको भनाई छ । मेलुङ गाउँपालिकाले किसानका लागि विभिन्न खालका कार्यक्रमहरु संचालन गर्दै आएको कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न

चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण

श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

एमाले जिल्ला कमिटी सदस्य पशुपालन व्यवसायमा रमाउँदै

लिम्बु खानामा ४ थरी चटनी : फिलिङ्गेको अचारदेखि फर्सीको बियाँसम्म