आक्रोशित मधेसीदल\" थ्रेश्होल्ड \"बढाउने सरकारी तयारीमा मधेशकेन्द्रित पार्टीले देखे `षड्यन्त्रको गन्ध´ JCNEPAL MEDIA

पुस २७,२०८१/ जेसी नेपाल संवाददाता

* संसद्‍मा पेस हुने तयारीमा रहेको भनिएको एउटा विधेयकमा समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय दल बन्न चाहिने न्यूनतम मतको प्रतिशत ('थ्रेश्होल्ड') सीमा बढाउने तयारी देखिएपछि मधेशकेन्द्रित साना दलहरू आक्रोशित बनेका छन्।

खास गरी तराईकेन्द्रित दलहरूले त्यसो गरिएमा एकताबद्ध भएर सङ्घर्षमा जाने चेतावनी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले थ्रेश्होल्डकै व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ। हाल राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ तीन प्रतिशत 'थ्रेश्होल्ड' चाहिन्छ। प्रदेशका हकमा भने त्यो १.५ प्रतिशत छ। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा १ सीट जित्‍ने राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन्।

* माओवादी, मधेशी र जनजाति नेता संविधान संशोधनबारे के भन्छन् ?

"मस्यौदाकै तहमा रहेकाले हामी अहिले चासोपूर्वक हेरिरहेका मात्र छौँ। सदनमा पेस हुन अवस्था आयो भने हामी त्यत्तिकै बस्दैनौँ, प्रतिरोधमा उत्रन्छौँ।" कांग्रेस-एमाले मिलेर समानुपातिक प्रणाली हटाउन लागेका हुन्? के त्यसो गर्न सहज छ? कांग्रेस-एमाले सत्ता समीकरणसँगै देशको राजनीति ‘प्रतिपक्षविहीन’ जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानले सरकार जबरजस्ती अगाडि बढ्ने अवस्थामा आफूहरू मोर्चा बन्दी गरेरै सङ्घर्षमा उत्रने योजनामा रहेको बताउँछन्। "यो मधेशको मात्र विषय होइन, हिमाल र पहाडमै समेत सीमान्तकृत समुदायको प्रतिनिधित्व र अधिकार खोज्ने प्रयास हो," प्रतिनिधिसभाका सदस्य समेत रहेका खानले भने।

"याे जनताविरोधी कानुनको सडक र सदन दुवै ठाउँमा विरोध हुनेछ।"

प्रकाशित : पुस २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA