नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने

दिपक बस्नेत
फागुन ५, तामाकोशी ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिकाको पहिलो अधिवेसन प्रतिनिधि सभाका संसद एवंम नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
कार्यक्रमलाई थप रोचक बनाउँनको लागि साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ । कार्यक्रमलाई प्रभावकारी वनाउँनको लागि पार्टीले प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिव्र पारिएको तामाकोशी गाउँपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष यज्ञबहादुर श्रेष्ठले बताउँनु भयो ।
अधिवेसनबाट नयाँ नेतृत्व चयन गर्ने र स्थानिय चुनावको लागि तयारी गर्ने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव पुर्ण प्रताव के.सीले बताउँनु भयो । आगामि चुनावमा पार्टीले विजय प्राप्तिका लागि विभिन्न खालको योजना बनाईरहेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA