नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने

दिपक बस्नेत
फागुन ५, तामाकोशी ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिकाको पहिलो अधिवेसन प्रतिनिधि सभाका संसद एवंम नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
कार्यक्रमलाई थप रोचक बनाउँनको लागि साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ । कार्यक्रमलाई प्रभावकारी वनाउँनको लागि पार्टीले प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिव्र पारिएको तामाकोशी गाउँपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष यज्ञबहादुर श्रेष्ठले बताउँनु भयो ।
अधिवेसनबाट नयाँ नेतृत्व चयन गर्ने र स्थानिय चुनावको लागि तयारी गर्ने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव पुर्ण प्रताव के.सीले बताउँनु भयो । आगामि चुनावमा पार्टीले विजय प्राप्तिका लागि विभिन्न खालको योजना बनाईरहेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA