इजरायल–हमास युद्धविराम निरन्तरता पाओस JCNEPAL MEDIA

माघ ४,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : इजरायल–हमास युद्धविराम निरन्तरता पाओस भने, मनसाय बनाएका छन । इजरायलमा कार्यरत नेपाली श्रमिकले इजरायल र प्यालेस्टिनी समूह हमासबीच बिहीबार बिहान भएको युद्धविरामको निरन्तरता चाहेको बताएका छन् । हामी १६ महिनादेखि युद्धरत भूमिमा छौं । कतिखेर कहाँबाट कस्तो खालको आक्रमण हुन्छ भनेर हरेक दिन त्रासमा बसिराख्यौ : गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने, अब शान्तिको सास फेर्न पाउने वातावरण बनेको छ । यसले निरन्तरता पाओस् ।

प्रवासी नेपाली मञ्च, इजरायलका उपाध्यक्ष शिवराज खड्काले युद्धको समयमा स्वतन्त्रपूर्वक हिँड्डुल गर्न रोकिएको बताए । यहाँ हजारौँ नेपाली छन् । युद्धअघि हामीबीच भेटघाट हुन्थ्यो । सहज रूपमा हिँड्डुल गर्थ्यौं । जब इजरायल र हमासबीच आक्रमण सुरु भयो । हामी बाहिर हिँड्डुल गर्न डराउनुपर्ने स्थिति बन्यो : उनले भने । नेपालीबीचको जमघट हुन छोड्यो । एक किसिमले होमसिक नै भएजस्तो भयो । नेपालबाट परिवार र आफन्तले स्वदेश फिर्न निरन्तर दबाब दिएको उनले बताए । यहाँ हामी सुरक्षित त थियौँ ।

तर घरपरिवारलाई त्यस्तो लागिरहेको थिएन । हामीलाई पैसा ठूलो होइन, घर फर्क भनिरहेका हुन्थे : उनले भने । खड्का बितेको समयलाई निकै कहालीलाग्दो बताउँछन् । सोच्दै नसोचेको युद्ध भयो । १० जना नेपालीले ज्यान गुमाउनुपर्‍यो । एक जना अझै बन्धकमा छन्,उनले भने : त्यो समय हाम्रा लागि निकै कहालीलाग्दो छ । २० वर्षदेखि इजरायलमा कार्यरत सुनिल श्रेष्ठले आफूहरु मृत्युको नजिक पुगेर पटक–पटक जोगिएको बताए । ‘यो युद्धविरामले राहत दिएको छ । यसले स्थायी रूप पाइदिओस् । हामीजस्तो मृत्युको नजिक पुगेकालाई यसको वास्तविक अर्थ थाहा हुँदो रहेछ : उनले भने मैले २००५, १४ र २३–२४ को युद्धलाई नजिकबाट देखेँ, भोगेँ ।

युद्धको कारण सेकेल (इजरायली मुद्रा) को मूल्य घट्नुको साथै महँगी निकै बढेको त्यहाँ कार्यरत नेपालीको भनाइ छ । ‘पहिला १ सय डलर साट्न ३ सय १० सेकेल भए हुन्थ्यो । अहिले ४ सय सेकेल नाघ्यो,भण्डारीले भने । महँगी पनि ३० प्रतिशत बढेको छ । दुई वर्षअघि इजरायल पुगेकी भक्तपुरकी मञ्जु थपलियाले अब बंकर जिन्दगी समाप्त हुने आशा राखेकी छन् । ‘बंकरमा लुक्न जाँदा त दिक्क लाग्छ । साइरन बज्यो कि बंकरतिर दौडिहाल्नुपर्छ । खतराको महसुस नभए पनि मानसिक रूपमा केही न केही असर पर्नेरहेछ : उनले भनिन्न । युद्धविराम भएको खबरले हामीलाई थप उत्साहित बनाएको छ ।

प्रकाशित : माघ ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशमा जसपा नेपाल निर्णायक बनेपछि सत्तामा फर्किन बार्गेनिङ गर्दै छन् : उपेन्द्र यादव JCNEPAL MEDIA

जसपा बैठक चलिरहँदा अध्यक्ष यादवलाई ओली देउवाको फोन वर्ता : JCNEPAL MEDIA

१५ औं महाधिवेशन नजिकै गर्दा धमाधम गुट परिवर्तन गर्दै कांग्रेस पदाधिकारी : JCNEPAL MEDIA

सातै प्रदेशमा अध्यक्षका उम्मेदवारले पाएका मत परिणाम : अखिल क्रान्तिकारी चुनाव JCNEPAL MEDIA

कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत : अखिल क्रान्तिकारी चुनावJCNEPAL MEDIA

जिल्ला समन्वय समिति प्रमुखहरूले भने, हामीले के काम गर्ने? : JCNEPAL MEDIA