काठमाडौं जिल्ला अदालतले छविलाल जोशीसँग माग्यो ५० लाख धरौटी -JCNEPAL MEDIA

माघ ७,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडिआइजी छविलाल जोशीसँग काठमाडौं जिल्ला अदालतले ५० लाख धरौटी माँग गरेका छन ।

कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई संगठित रुपमा ठगी गरेको अभियोग लागेका जोशीलाई न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ५० लाख धरौटी माग गरेको हो। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक रवि लामिछाने भने ६० लाख धरौटीमा यसअघि नै रिहा भइसकेका छन्।

जोशीले स्वर्णलक्ष्मीबाट पाँच करोड ७८ लाख ठगी गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको अभियोग छ। जारी आदेशमा भनिएको छ, ‘अतः मुद्दाको प्रकृति, कसूरबाट पीडितलाई परेको असर र प्रभाव, यी प्रतिवादीलाई हुनसक्ने सम्भाव्य सजाय र बेहोर्नुपर्ने क्षतिपूर्ति, कसूरबाट सृजित परिणाम, यी प्रतिवादीको कसूरमा संलग्नता एवं भूमिका समेतलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा प्रमाण परीक्षण एवं थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पूर्पक्षको प्रयोजनार्थ हाल यी प्रतिवादी छविलाल जोशीलाई मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा रु५०,००,०००। (पचास लाख) नगद वा सो बराबरको जेथा जमानत या बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नू।

प्रकाशित : माघ ७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि ,नेपालले उठाउँदै छ जलवायु परिवर्तनको मुद्दा :JCNEPALMEDIA

आजको मौसम पुर्वअनुमान यी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA

काठमाण्डौका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै, नागरिकता या राष्ट्रिय परिचयपत्र चाहिने : JCNEPALMEDIA

'ब्रा' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA

सिम्रौनगढ सीमामा ‘सेटिङ’, मल तस्करीदेखि करोडौँको राजस्व चुहावटसम्म