आज रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने :JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन्।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो। सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ भैरहवा पुगेका थिए। आज आफैँ अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपा स्रोतले जनाएको छ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो। लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA