सरकार ढल्छ भन्ने हल्ला चलेका बेला ९ निर्णय सार्वजनिक : कांग्रेस JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

माघ ३, २०८१

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बुढानिलकण्ठ स्थित निवासमा बसी देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल भई निर्णय भयो ।

१. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्न महत्वपूर्ण बिषयहरूमा नियमित छलफल गर्न सरकारमा सहभागी मन्त्रीहरूलाई संसदीय दल कार्यसमितिको बैठक निर्देशन गर्दछ ।

२. संसदका विषयगत समितिहरुमा विचाराधिन विधेयकहरूलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्न नेपाली कांग्रेस सम्बद्ध तत समितिका सभापति सहितका माननीयहरूलाई यो बैठक निर्देशन गर्दछ ।

३. नेपाली कांग्रेसका माननीय मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न यो बैठक निर्देशन गर्दछ ।

४. चालु आर्थिक बर्षको बजेट तथा बार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण शुरु भएका तर, अपेक्षित गतिमा काम नभईरहेका विकास योजनाहरु निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित माननीय मन्त्रीहरुलाई यो बैठक निर्देशन गर्दछ । छ। नेपाली कांग्रेसका माननीय मन्त्रीहरूलाई हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी

५ .दिन सम्पूर्णरुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन यो बैठक निर्देशन गर्दछ । ५. सांसदहरुको सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी कामकारवाही अगाडि बढाउनका लागि संसदीय दल कार्यसमिति र मन्त्रीहरूले माननीय सदस्यहरूसँग समन्वय गर्ने निर्णय गर्दछ ।

६. पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरु मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा १ पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र उपयुक्त सुझावहरू कार्यान्वयन गर्न यो बैठक निर्देशन गर्दछ ।

७. नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लगि प्रतिनिधि सभा सदस्य माननीय दिलेन्द्रप्रसाद वडूलाई संयोजक चयन गर्ने निर्णय गर्दछ ।

८. २०८१ माघ २ गते आफ्नो व्यवसायिक कार्य सकेर बाहिर निस्कने क्रममा अवान्छित व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरेको साङ्घातिक आक्रमणको घोर निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारवाही गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।

९. प्रतिनिधि सभा अन्तर्गतका अर्थ समितिका लागि माननीय डा. प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि माननीय संजय कुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि माननीय चन्दा चौधरी संयोजक चयन हुनु भएको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ । जय नेपाल !

श्यामकुमार घिमिरेप्रमुख सचेतक

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA