चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई पठाए सान्त्वना सन्देश

बेइजिङ — कोरोना महामारीका कारण थलिँदै भएको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सान्त्वना सन्देश पठाएका छन् ।

शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाएर कोरोना महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता सन्देश पठाएका हुन् । सीले भने, ‘मानव जाति सुखदुःख समान भएको एउटै भाग्य समुदायको हो । सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्छ ।’

राष्ट्रपति सीले महामारीको यो कठिन घडीमा भारतलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भारतसँग मिलेर महामारी रोकथाममा सहकार्य गर्ने इच्छा देखाउँदै भारतलाई आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । तर सन्देशमा उनले सहयोगको रुपरेखाबारे केही उल्लेख गरेका छैनन् ।

दोक्लाम विवादलगायत अनेक मामिलामा भारत र चीन ठूलो मतान्तरका बढेका सन् २०१८ को अप्रिल २७ र २८ तारिख चीनको हुपेइ प्रान्तस्थित वुहानमा शिखर वार्ता भएको थियो । सो वार्तापछि दुवै देशबीच सम्बन्ध सुधारिएको थियो । सो वार्ताको ३ वर्ष पुगेको सेरोफेरोमा सीले मोदीलाई सम्झिएर सान्त्वना सन्देश पठाउनु अर्थपूर्ण मानिएको छ ।

गत मार्चको अन्त्यतिर विश्व स्वास्थ्य संगठनले भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस भेटिएको बताएको थियो । पछिल्लो समय संक्रमितको संख्या ३ लाख हाराहारी पुग्ने गरेको छ । श्रीलंकामा पनि कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बंगलादेशमा लकडाउन गरिरहेको छ । दक्षिण एशियाली मुलुकहरूमा महामारीको कडा प्रतिक्रिया देखापरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रात्रिभोजमा गोली चल्दा ६ जनाको मृत्यु : मेक्सिको

सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यू : इजरायल

किन बिहेकै भोलिपल्ट श्रीमती कुटे मोटिभेसनल स्पिकर विवेक बिन्द्रा : भारत

मन्त्रीका छोरा गाजामा मारिए : इजरायल

सैनिक ड्रोन आक्रमणमा करिब ८५ जनाको मृत्यु : नाइजेरिया

निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा पार्न याे सम्मेलनमा उभिएको छु : प्रधानमन्त्री दाहाल