अमेरिकन प्रवासी नेपाली द्वारा बाढी पिडीतलाई सहयोग : JCNEPALMEDIA

साउन १३,२०८३ / जेसी नेपाल संवाददाता

अमेरिका कालिफाेर्निया / विजय चाैधरी

क्यालिफोर्निया : अमेरिकन प्रवासी नेपाली द्वारा नेपाली भजनकिर्तन टोली कुपर्टीनो, क्यालिफोर्नियाका सदस्यहरू द्वारा संकलन गरी राहत सहायता पठाइएको छ ।

नेपालमा हालै आएको प्राकृतिक विपद्का कारण बाढीबाट प्रभावित पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कुपर्टीनो, क्यालिफोर्नियास्थित " नेपाली भजनकिर्तन टोली कुपर्टीनोले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन कोषमा रु. १,००,०५३ (एक लाख त्रिपन्न रुपैयाँ) राहत सहयोग प्रदान गरेको छ।

* नेपाली भजनकिर्तन टोली कुपर्टीनो टोलीका सदस्यहरूले स्वस्फूर्त रूपमा संकलन गरेको उक्त रकम नेपाल सरकारको नेपालस्थित नबिल बैंकमा रहेको खाता नं. १७१००१७५०५२८२ मार्फत राहत कोषमा पठाइएको हो। राहत सहयोग संकलनमा उक्त अभियानमा रहेका टाेलीका सदस्यहरू क्रमश: लायन लक्ष्मी राउत चौधरी, श्रृजना खनाल, सावित्रा ढकाल, माया श्रेष्ठ, शर्मिला थिङ, अनु श्रेष्ठ, सरिता गुरुङ, संगीता तुलाधर, सुशीला खनाल र तुलसा खरेल लगायतको सहभागिता रहेको छ। टोलीले आफ्नो सहयोग सानो भए पनि मातृभूमि नेपालमा प्राकृतिक विपद्का कारण पीडित बनेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत तथा पुनःस्थापनामा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यसैबीच, प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

* “सबै प्रवासी नेपाली राहत सहयोगका लागि अघि बढौँ”राहत सहयोगका लागि आह्वान गर्दै लायन लक्ष्मी राउत चौधरीले भन्नुभयो, “हामी प्रवासमा रहे पनि हाम्रो मन र भावना मातृभूमि नेपालसँगै छ। विपद्को यस कठिन घडीमा सबै प्रवासी नेपालीहरू आफ्नो क्षमताअनुसार राहत सहयोगका लागि अघि बढौँ।” त्यस‌ैगरी ,राहत सहायतामा बढौं अगाडी नाराका अभियानी श्रृजना खनालले पनि राहत संकलनमा सहयोग गरेका थिए । वहाँ नेपाली भजन किर्तन टाेली कुपर्टिनाेका सदस्य पनि हन । त्यसतै, मातृभूमि नेपालमा अकस्मात् आइपरेको प्राकृतिक विपद्मा उद्धार, राहत तथा मानवीय सहयोगका लागि क्यालिफोर्नियास्थित नेपाली जनसम्पर्क समिति, एनआरएनए च्याप्टर, लायन्स इन्टरनेशनलका विभिन्न क्लबहरू, एएन्टा (Association of Nepali Teraiyan in America) लगायत चार दर्जनभन्दा बढी सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरू संस्थागत तथा व्यक्तिगत रूपमा स्वस्फूर्त रूपमा सहयोग अभियानमा जुटिरहेको जानकारी प्राप्त भएको छ।

क्यालिफोर्निया राज्यका निवर्तमान पर्यटन सद्भावना दूत तथा एएन्टाका प्रमुख सल्लाहकार विजय कुमार चौधरीका अनुसार, प्राकृतिक विपद्का कारण प्रभावित नेपालीहरूको उद्धार तथा राहतका लागि प्रवासी नेपाली समुदायबाट विभिन्न माध्यममार्फत सहयोग जुटाउने क्रम जारी रहेको छ। उहाँले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था तथा सहयोगी मन भएका सम्पूर्ण महानुभावहरूलाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहयोगमा सहभागी हुन आग्रह गर्नुभएको छ। मातृभूमिमा परेको विपद्मा प्रवासबाट गरिएको सानो सहयोगले पनि पीडितको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्छ।

प्रकाशित : साउन १३,२०८३ Aug 29,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

भारतबाट पुल बनाउने समाग्री, उपकरणसहित नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान : JCNEPALMEDIA

भोटेकोशी बाढीमा मृत्यु भएका शव व्यवस्थापन गर्न जटिल : JCNEPALMEDIA

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटे : JCNEPALMEDIA

जनकपुरका राजपुत धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा सर्टलिस्टकाे पहिलो नम्बरमा : JCNEPALMEDIA