भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

श्रावण ११,२०८३ / जेसी नेपाल संवाददाता

नयाँ दिल्ली : भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता प्रह्लाद जोशी नियुक्त भएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत गरेसँगै जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । धर्मेन्द्र प्रधानले पछिल्लो समय राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट–यूजी) सम्बन्धी विवाद र त्यसविरुद्ध जारी आन्दोलनका बीच पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति मुर्मुले जोशीलाई शिक्षामन्त्रीको जिम्मेवारी सुम्पिएकी हुन् । कर्नाटकको धारवाडबाट लगातार निर्वाचित लोकसभा सदस्य जोशी केन्द्र सरकारका अनुभवी मन्त्रीका रूपमा परिचित छन् । उनी हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएपछि उनले बहुआयामिक मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै जोशीले शिक्षा प्रणालीप्रति जनविश्वास पुनःस्थापित गर्ने, परीक्षा प्रणालीलाई थप पारदर्शी बनाउने तथा मन्त्रालयका सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित : श्रावण ११,      २०८३ July 26,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA

अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी : JCNEPALMEDIA