सातै प्रदेशमा अध्यक्षका उम्मेदवारले पाएका मत परिणाम : अखिल क्रान्तिकारी चुनाव JCNEPAL MEDIA

माघ १३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडाैं : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।

लुम्बिनी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । यहाँ अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् । यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् । यता कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो जानकारी अनुसार यहाँ राई सबैभन्दा अगाडि छन् । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् । मधेस प्रदेशमा ७३ मत गणना हुँदा यादवले अग्रता लिएका छन् ।

उनले ३० मत पाउँदा सापकोटा र राईले २०-२० मत पाएका छन् । यसैगरी सुदूरपश्चिममा अध्यक्ष पदको मतगणना सम्पन्न भइसकेको छ । यहाँ सापकोटा ५९ मतले अग्रता लिएका छन् । राईले ५९ मत पाउँदा यादवले २२ मत पाएका छन् । बागमती, विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।

प्रकाशित : माघ १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA