बिहेको उमेर शारीरिक सम्पर्क मात्र हाेइन, विवाह पनि JCNEPAL MEDIA
7 दिन पहिले
माघ १६,२०८१ / जेसी नेपाल संवाददाता
तर भारतका प्रधानमन्त्रीले आफ्नो ७४ औँ स्वतन्त्रता दिवसको पछिल्लो भाषणमा मातृ र बाल कुपोषण समस्या नियन्त्रण गर्न बालिका विवाहको उमेर २० वर्ष पुर्याउन आह्वान गरेका थिए। त्यसपछि महिला तथा बाल विकास मन्त्रालयले गठन गरेको समितिले विवाहको उमेर र मातृत्वको सम्बन्ध, साथै गर्भावस्थाका बेला आमा र बच्चाको स्वास्थ्य, चिकित्सा स्थिति र पोषण अवस्थाको समीक्षा गरेको थियो। जय जेटलीले नेतृत्व गरेको उक्त समितिको सिफारिसअनुसार सन् २०२१ डिसेम्बरमा मोदी सरकारले विधेयकमार्फत महिलाको न्यूनतम विवाह गर्ने उमेर २१ वर्ष बनाउने प्रस्ताव गरेको थियो। हाल भारतको हिमांचल प्रदेश सभाले महिलाको विवाहको उमेरसम्बन्धी नियम परिवर्तन गर्ने नयाँ विधेयक पारित गरेको छ। बाल विवाह निषेध (हिमाचल प्रदेश संशोधन) विधेयक, २०२४ नामक यो विधेयकले महिलाको कानूनी विवाहको न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?