जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

अशाेज ११,२०८२ / जेसी नेपाल संवाददाता

अमन यादव

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँपालिकाे गाउँ सभा अन्याेलमा रहेको छ ।

धनुषाको औरही गाउँपालिकाको गाउँसभा अँझै हुन नसकेकोले गाउँपालिका भरिका कर्मचारी तलब बाट र आम जनता समाजिक सुरक्षा भत्ता बाट बंचित भएका छन। हिन्दुहरुको महान पर्बको रुपमा रहेको चाड बाड बिजयादशमी चलिरहेको अवस्थामा पनि गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह, उपाध्यक्ष पुनम देबी साह र ६ वटै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले बिकास निर्माणको लागि छुट्याएका ११ करोड रुपैयाँको भागबन्डा नमिलेको कारण गाउँपालिकाको सम्पुर्ण काम काज ठप्प भएको छ ।

असार मसान्त भित्र गरिसक्नु पर्ने गाउँसभा अझै हुन नसकेको हो ।नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुँदा आव ०८२/८३ को नीति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समयमै नीति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट रकम पनि काटिएर आउने गरिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे पत्राचार अनुसार असार १० गते भित्र सबै स्थानीय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने व्यवस्था रहेको छ ।

समय मै गाउँ सभा नगरे संघीय सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो ।

त्यसर्थ , दशै पछि औरही गाउँ पालिकाकाे गाउ सभा गरिए न भने युवाहरूले पालिकामा ताल्चा समेत लगाउने याेजना रहेको स्रोत बाट बुझिएको छ ।

प्रकाशित : अशाेज ११,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA