जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

अशाेज ११,२०८२ / जेसी नेपाल संवाददाता

अमन यादव

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँपालिकाे गाउँ सभा अन्याेलमा रहेको छ ।

धनुषाको औरही गाउँपालिकाको गाउँसभा अँझै हुन नसकेकोले गाउँपालिका भरिका कर्मचारी तलब बाट र आम जनता समाजिक सुरक्षा भत्ता बाट बंचित भएका छन। हिन्दुहरुको महान पर्बको रुपमा रहेको चाड बाड बिजयादशमी चलिरहेको अवस्थामा पनि गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह, उपाध्यक्ष पुनम देबी साह र ६ वटै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले बिकास निर्माणको लागि छुट्याएका ११ करोड रुपैयाँको भागबन्डा नमिलेको कारण गाउँपालिकाको सम्पुर्ण काम काज ठप्प भएको छ ।

असार मसान्त भित्र गरिसक्नु पर्ने गाउँसभा अझै हुन नसकेको हो ।नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुँदा आव ०८२/८३ को नीति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समयमै नीति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट रकम पनि काटिएर आउने गरिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे पत्राचार अनुसार असार १० गते भित्र सबै स्थानीय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने व्यवस्था रहेको छ ।

समय मै गाउँ सभा नगरे संघीय सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो ।

त्यसर्थ , दशै पछि औरही गाउँ पालिकाकाे गाउ सभा गरिए न भने युवाहरूले पालिकामा ताल्चा समेत लगाउने याेजना रहेको स्रोत बाट बुझिएको छ ।

प्रकाशित : अशाेज ११,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA