सत्ता जोगाउन ओली–देउवा लाचार ? उपेन्द्र यादवको मागले राजनीतिमा खैलाबैला,जसपाकाे ३ वटा माँगमा सरकार हलियाे : JCNEPAL MEDIA

माघ २५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं :सरकारले ल्याएको अध्यादेश पारित गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत छ, तर अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा प्रवेशका लागि कडा बार्गेनिङ गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई आफ्नो पक्षमा ल्याउन लगातार प्रयास गरिरहेका छन्।

* यादवको खेल: सत्ता साझेदारीको सौदा? जसपाले अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेकाे प्रतिवेदन पनि आइ सकेको छ, तर यादवले अहिलेसम्म स्पष्ट निर्णय गरेका छैनन्। उनले संघीय सरकारमा उपप्रधानसहितको मन्त्रालय र मधेस प्रदेशमा मुख्यमन्त्री पदको माग राखेका छन्। साथै, जसपाबाट विभाजित अशोक राई नेतृत्वको समुहका मन्त्रीलाई हटाउने सर्त पनि राखिएको छ।

* ओली–देउवा दबाबमा, उपेन्द्र आफ्नो मागमा अडिग! ओली र देउवाले पटक–पटक यादवलाई समर्थन गर्न आग्रह गरे पनि उनले कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्। राष्ट्रिय सभामा जसपाको तीन सांसद निर्णायक भएकाले यादवको समर्थनबिना अध्यादेश पारित नहुने अवस्था छ।

* जसपा विपक्षी मोर्चामा लाग्ने संकेत? यसैबीच, माओवादी अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबीचको सम्बन्ध चिसिएको छ। माधव नेपालमार्फत उनलाई विपक्षी मोर्चामा ल्याउने प्रयास भए पनि यादव अहिलेसम्म मौन छन्।

* "अध्यादेशबाट देश चल्न सक्दैन" – जसपाको कडा प्रतिक्रिया! जसपा प्रवक्ता मनीष सुमनले अध्यादेशलाई चोर बाटोको संज्ञा दिँदै संसदबाटै निर्णय हुनुपर्ने बताएका छन्। उनले मन्त्री पदका लागि आफ्नो मूल्य–मान्यता बेच्न नसकिने स्पष्ट पारेका छन्। अब उपेन्द्र यादव सत्तामा सहभागी हुनेछन् कि विपक्षमा उभिनेछन्? ओली–देउवा उनको शर्तहरू स्वीकार गर्न बाध्य हुनेछन् कि नयाँ राजनीतिक समीकरण जन्मिनेछ? सत्ता खेल अब नाटकीय मोडमा पुगेको छ ।

प्रकाशित : माघ २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी : JCNEPALMEDIA

घुमुवा राजको छायाँमा पश्चिम नवलपरासी ; एसएसपी बढुवाको दौडमा रहेका एसपी केसीमाथि गम्भीर प्रश्न, सीमानाकामा तस्करी मौलाएको आरोप : JCNEPALMEDIA

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ JCNEPALMEDIA

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA