अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैन : प्रधानमन्त्री ओली JCNEPAL MEDIA

फाल्नु १५,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताए ।

उनले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गरे । उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताए । उनले भने, डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक छ । भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन हुन सकोस् । त्यसको सही अभियोजन हुन सकोस्, गल्ती अनुसारको सजाय होस्, अपराधी गर्ने नछुटुन्, निर्पराध नफसोस् ।

यस कुरालाई ध्यानमा राखेर प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । न्याय निरुपण अझ महत्वपूर्ण छ । आज राजनीतिक बाउण्ड्री, देशका सीमाहरुले अपराधलाई रोक्दैन । डिजिटल क्राइम अझ बढी सीमाको वास्तै गर्दैन । त्यसअर्थ आज सीमाभित्रका मात्रै प्रयासले पनि डिजिटलको प्रयोग गरेर डिजिटल एरामा गरिएका अपराधहरु एक्लो देशको प्रयासले नियन्त्रण हुँदैनन् । पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने बताए ।

प्रकाशित : फाल्नु १५,२०८१ विहिवार         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA