अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैन : प्रधानमन्त्री ओली JCNEPAL MEDIA

फाल्नु १५,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताए ।

उनले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गरे । उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताए । उनले भने, डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक छ । भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन हुन सकोस् । त्यसको सही अभियोजन हुन सकोस्, गल्ती अनुसारको सजाय होस्, अपराधी गर्ने नछुटुन्, निर्पराध नफसोस् ।

यस कुरालाई ध्यानमा राखेर प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । न्याय निरुपण अझ महत्वपूर्ण छ । आज राजनीतिक बाउण्ड्री, देशका सीमाहरुले अपराधलाई रोक्दैन । डिजिटल क्राइम अझ बढी सीमाको वास्तै गर्दैन । त्यसअर्थ आज सीमाभित्रका मात्रै प्रयासले पनि डिजिटलको प्रयोग गरेर डिजिटल एरामा गरिएका अपराधहरु एक्लो देशको प्रयासले नियन्त्रण हुँदैनन् । पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने बताए ।

प्रकाशित : फाल्नु १५,२०८१ विहिवार         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA