पेट्रोलको मुल्य लिटरमा पाँच रुपैयाँले घट्यो : JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित : चैत्र ०३,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA