आजको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्ति र शिक्षकको आन्दोलनबारे पनि छलफल हुने : JCNEPAL MEDIA

चैत २४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ। आजको बैठकमा गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुनेछ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएको छ।

अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो। अधिकारी गभर्नरमा नियुक्ति भएको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा थिए। यस अगाडिको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन्।

सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ। ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्रमध्ये एउटाको नामसहित अन्य नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ। अन्य धेरैले गभर्नरका लागि लबिङ गरिरहेका छन्। स्रोतमा अनुसार यस पटक गभर्नर कांग्रेसको भागमा परेको छ।

हाल कांग्रेस र एमालेको संयुक्त सरकार रहेको छ। यद्यपी सिफारिस समिति बैठक हालसम्म नबसेकाले सिफारिस भएर आज नियुक्ति हुने निश्चित भइसकेको भने छैन। यसैगरी बुधबारदेखि आन्दोलनरत शिक्षकको मागको विषयमा पनि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंमा बुधबारदेखि सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ। विद्यालय शिक्षा विधेयक अघि नबढाएको र पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्। सरकारले वार्तामा आउन आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन्।

प्रकाशित : चैत २४,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA