वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौं : डा. जगमान गुरुङ JCNEPAL MEDIA

चैत २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरे । आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए । गुरुङले भने : वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं ।

सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को-को आउनुहुन्छ आउनुस् ।’ आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे । गुरुङले थपे : केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ । तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं : उनले भने ।

प्रकाशित : चैत २७,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA