जनकपुरको गँगासागरमा काँग्रेसका दिवगंत नेताको शालिक बनाउन खोज्दा अन्य पार्टीको विरोध : JCNEPAL MEDIA

चैत २९,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरको धरोहरको रुपमा रहेको ऐतिहासिक गँगासागर पोखरीको डीलमा एक स्वर्गीय नेताको शालिक बनाउन खोज्दा अन्य पार्टीका नेता, कार्यकर्ताले विरोध जनाएका छन ।

विहिबार गंगासागर पोखरीको पूर्वी डीलमा नेपाली काँग्रेसका दिवगंत नेता रामनारायण मिश्रको शालिक निर्माणको लागि डोजर चलेपछि अन्य दलका कार्यकर्ताहरुले विरोध जनाएको छ । धार्मिक एवम् वातावरणीय महत्व बोकेको गंगासागर पोखरीको डीलमा अन्य संरचना निर्माण कार्य असहनीय हुने भन्दै अन्य दलका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । विहिबार शालिक निर्माणको लागि डोजर चलेपछि एमाले, नेकपा एस, जसपा नेपाल, लोसपा, माओवादी लगातका नेता कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।

जानकारी अनुसार सो जग्गा दिवगंत नेता रामनारायण मिश्रकै नाममा रहेको छ । उनको शालिक निर्माणको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा समिति समेत दर्ता भएको छ । शालिक निर्माणको लागि ५ करोड ७४ लाख ९६ हजार रुपैयाँ विनियोजन भएको छ । दिवगंत रामनारायण मिश्र विक्रम सम्बत २०१५ सालको प्रजातान्त्रिक निर्वाचनमा महोत्तरीबाट निर्वाचित सांसद हुनुका साथै बिपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योग मन्त्री थिए।

उनका पालामा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चीनी मिल, कृषि औजार तथा छाला उद्योगसहितका दर्जनौं उद्योग स्थापना भएका थिए। २०१७ सालमा राजा महेन्द्रद्वारा संसद विघटनपछि मिश्रलाई जेल हालिएको थियो। जेलमै बिरामी परेका मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो। स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले गंगासागर पोखरीको ऐतिहासिकता र धार्मिक महत्त्व जोगाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। सालिक निर्माणको उद्देश्य सम्मानजनक भए पनि स्थान चयनमा गहिरो विचार र समन्वय आवश्यक रहेको उनीहरूको धारणा छ।

प्रकाशित : चैत २९,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA