शिक्षकलाई पूर्वमन्त्री झाक्रीकाे सुझाव : आन्दोलनमा रमिता बढी भयो, सरकार र संसदलाई विश्वास गरेर घर फर्कनुस् JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पूर्वमन्त्री रामकुमारी झाक्रीले नेपाल शिक्षक आन्दोलनमा रमिता बढी भएको दाबी गरेकी छन्।

विद्यालय शिक्षा ऐनबारे संसदीय समितिमा छलफल जारी रहेको र विधेयक संशोधनसहित पास हुने बताउँदै एकीकृत समाजवादीकी पूर्व सचिव झाक्रीले सरकार र संसदलाई विश्वास गरेर घर फर्कन शिक्षकलाई सुझाव दिएकी हुन्। ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ ।

शिक्षकहरूले यति सम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितिमा दफावार छलफलमा छ। विधेयक संशोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो।’ झाक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ। समितिले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विधालयमा फर्कनुस्।

आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस्। जिम्मेवार नेता साथिहरू! ऐक्यबद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।’ संसदको शिक्षा समितिको सभापतिमा एकीकृत समाजवादीका सांसद अम्बरबहादुर थापा रहेका छन्। झाँक्रीले शिक्षक र सरकार, संसदबीच समन्वय र संवाद गराउन विभिन्न कोणबाट मध्यस्थ गर्न खोज्दा संवाद नै नगर्ने अडान लिएको भन्दै आक्रोश व्यक्त गरिन्। ऐक्यबद्धता के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनु हुने रहेछ भन्दै प्रश्न गरे।

‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भएपनि केही न केही काम गरौं भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुर्‍याउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौं भन्नुहुन्छ। उनले भनिन्, ‘के ऐन सडकबाट पास हुने हो र ? विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानुनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनु हुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ ?

राज्यको तलब खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’ निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको बताउँदै सरकारी विद्यालयको आधारभूत तहको नजित शून्य रहनु चिन्ताको विषय भएको बताइन्। ‘निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन। यहाँहरूले पढाएका कयौं विद्यालयको BLE को रिजल्ट शून्य छ। के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रुचि देखाउनु भएको छ?’ उनले भनिन्।

प्रकाशित : बैशाख ६,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

हँसपुर नगरपालिकाका मेयर यादवले भ्रष्टाचार गर्न उपमेयरलाई वाईपास गरी नगरसभा गर्न खाेज्दा ,कार्यपालिका सदस्यहरू द्वारा खुला विद्रोह : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

नेकपा एमाले धनुषा अधिवेशनमा जुली- रघुवीर गुट हावी,अध्यक्षमा भोला यादव पुरै प्यानलसहित विजयी : JCNEPAL MEDIA

पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता

प्रचण्ड प्रस्तावसँगै कांग्रेसमा बदलियो माहौल भन्छ हेर र पर्ख : JCNEPAL MEDIA