पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता

बैशाख १३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।

इटालीको राजधानी रोमस्थित भ्याटिकन सिटीमा दुई नेताबीच भेटवार्ता भएको हो । पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन पुगेका दुई नेताबीच भ्याटिकन सिटीको सेन्ट पिटर बसिलिकमा भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । उनीहरुले १५ मिनेट वार्ता गरेका थिए । ह्वाइट हाउसले जेलेन्स्की र ट्रम्पबीचको भेटवार्ता ‘निकै रचनात्मक भएको जनाएको छ ।

त्यसैगरी, जेलेन्स्कीले पनि भेटवार्तालाई ‘धेरै प्रतीकात्मक’ र ‘ऐतिहासिक हुने सम्भावना बोकेको’ बताएका छन् । यसअघि ट्रम्प र जेलेन्स्की सेन्ट पिटर बसिलिकामा एक्लै कुर्सीमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघि शुक्रबारमात्रै ट्रम्पले रुस र युक्रेनबीचको सम्झौता ‘धेरै नजिक’ रहेको बताएका थिए ।

हाल युक्रेन र रुसबीच युद्ध चलिरहेको छ । ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुनुअघि शुक्रबार अमेरिकाका प्रतिनिधि स्टिभ विट्कोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको थियो ।

यसअघि ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरीको अन्त्यमा ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्ता नाटकीय रुपमा हो–हल्ला र वादविवादमा परिणत भएको थियो ।

प्रकाशित : बैशाख १३,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA