नेकपा एमाले धनुषा अधिवेशनमा जुली- रघुवीर गुट हावी,अध्यक्षमा भोला यादव पुरै प्यानलसहित विजयी : JCNEPAL MEDIA

जेष्ठ ०८,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशनबाट भोला यादवको पुरै प्यानल विजयी भएको छन । अधिबेशनबाट जुली रघुवीर गुटबाट अध्यक्ष पदमा भोला यादवले बाजी मारेका छन् । यादवले ४०२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा भोला यादवले २०२ मतको स्पष्ट अग्रतासहित ४०२ मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी उमाशंकर अडगरिया गुटका लक्ष्मी यादवले २०० मत प्राप्त गरे । उपाध्यक्ष पदमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत ल्याउँदै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पारे। सुनरैतले १६० मत प्राप्त गरेका छन् । सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलमाथि १४० मतको अन्तरले हराएका हुन । मण्डलले २२५ मत प्राप्त गरेका छन्।

उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता बनाउँदै पद हात पारेका छन् । महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मतसहित विजयी हुँदै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी छन् । लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ ०८,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA