सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ निवासी रायमाझीमाथि बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर भएपछि अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको थियो ।

पर्सा अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साले बर्दिया प्रहरीलाई रायमाझीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन पत्राचार गरेको थियो । तर, अहिलेसम्म बर्दिया प्रहरीले उनलाई पक्राउ गरेको छैन । सांसद रायमाझीमाथि जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले पर्सा प्रहरीमा बैंकिङ कसुर सम्बन्धी जाहेरी दिएकी थिइन् । चौहानका अनुसार रायमाझीले आफूसँग २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर नफर्काएपछि सो रकमको चेक दिएकी थिइन् । तर, उक्त चेक बैंकमा साट्न जाँदा रकम नपुगेर बाउन्स भएको थियो ।

रायमाझीले एभरेष्ट बैंक लिमिटेडको चेकमार्फत रकम तिर्न खोजेकी थिइन् तर खातामा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको छ । राजनीतिक पृष्ठभूमि हेर्दा, सुमन शर्मा रायमाझी यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सांसद बनेकी थिइन् ।

उनी एमाले नेतृत्वको सरकारमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारीमा थिइन्। त्यसपछि लुम्बिनी प्रदेश सरकार अन्तर्गत माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषद्मा कृषि मन्त्रीसमेत बनेकी थिइन् । पक्राउ पुर्जी जारी भएपनि हालसम्म सांसद रायमाझी स्वतन्त्र रुपमा हिँडडुल गरिरहेकी छन् ।

प्रकाशित : असार ९,२०८२                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA