धनुषामा जन्तीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, दुई घाइते : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना कमला नगरपालिका र विदेह नगरपालिकाको सिमाना पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्ग छेउमा सोमबार बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ।

जन्तीबाट फर्किँदै गरेका धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी युवक सवार मोटरसाइकल दुर्घटनामा परेको हो। तीव्र गति र मादकपदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले अनुमान गरिएको छ। अनटेस्ट नम्बर प्लेट भएको सो मोटरसाइकलमा तीन जना सवार थिए।

तीमध्ये बिसरभोरा निवासी एक युवकको घटनास्थलमै मृत्यु भएको हो भने सोही वडाको नाथपट्टी टोलका दुई युवक गम्भीर घाइते भएका छन्। उनीहरूको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकछेउमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल र घाइतेहरू देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले तत्कालै घाइतेहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो। तर, चिकित्सकले एक जनालाई अस्पतालमै मृत घोषित गरेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित : असार ९,२०८२                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA