जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजाराैं प्रहरी तैनाथ : सर्लाही JCNEPAL MEDIA

असार २१,२०८२ / जेसी नेपाल संवाददाता जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी गराएका छन्। प्रहरीले नेता यादवको मोबाइलको ट्रेकिङ गरिरहेको तथा केन्द्रसित मोबाइलको लोकेसन पत्ता लगाउने काममा समन्वय भइरहेको डिएसपी राईले जानकारी गराएका छन्।

जिल्लाको विभिन्न युनिटबाट प्रहरी ल्याएर जिल्ला प्रहरी कार्यालयमा पूर्ण तयारी अवस्थामा रहेको र प्रहरीले सबैतिर निगरानी बढाएको बताउँदै डिएसपी राईले नेता यादवलाई पक्राउ गर्ने जानकारी गराए। नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबिच बिहीबार राति गालीगलौज भएको अडियो सार्वजनिक भइसकेको छ।

गालीगलौजको घटनापछि बिहीबार राति नेता यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। नेता यादवका मानिसहरूले प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड गरेको, प्रहरीको काम कारबाहीमा अवरोध सिर्जना गरेको र सार्वजनिक बाटो रोकेको आरोप प्रहरीले यादवमाथि लगाएको छ। सरकारी गाडी, सम्पत्ति तोडफोड गरेको र सरकारी कामकाजमा बाटो रोकेर बाधा व्यवधान सिर्जना गरेको आरोप नेता यादवमाथि रहेको छ। प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी भएको भएको बताएको छ।

प्रकाशित : असार २१,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA