प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै, कार्यदलको संयोजक पदबाट सभामुखले दिए राजीनामा : मधेस प्रदेश JCNEPAL MEDIA

असार २८,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेशसभामा कार्यदलको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका छन्। बजेट माथि छानविनका लागि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले आजको बैठकमा समेत अवरोध गरेका थिए।

पछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे। सभामुख मण्डलले अब समय नरहेकाले आफू कार्यदलको संयोजक पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराए। उनले कार्यदलले विभिन्न काम गर्नुपर्ने भएकाले अब समय अभावका कारण आफू संयोजक पदमा रहन नसक्ने बताए। माओवादी केन्द्रका सांसद युवराज भट्टराईले आफुहरु कार्यदल गठनमा सहमत भएको बताउँदै उनले मुख्यमन्त्रीले यसमा प्रतिबद्धता समेत जनाएको तर त्यसलाई नमानेको आरोप लगाए।

उनले बजेटमा भएको त्रुटिहरूलाई छानविन गर्न कार्यदलमा मन्त्रीको नाम आएकाले आफूहरूले आपत्ति पनि जनाएको र मन्त्रीको नाम नहटाएसम्म त्यसको विरोध जनाउने बताए। उनले प्रतिपक्षी दल लचिलो भएपनि सरकार पक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।

सभामुख मण्डलले सदन धेरै अवरुद्ध भएकाले अब यसरी नचल्ने बताउँदै प्रदेशसभालाई सञ्चालन गर्न खोजेपछि प्रतिपक्षी दलका सांसदहरूले रोस्टम घेराउ गरेपछि सभामुख मण्डलले बैठक अवरुद्ध गरे। उनले आर्थिक विधेयक पुरा हुन दिन भन्दै छलफलमा उठेको प्रश्नको जवाफ दिन अर्थमन्त्री सुनिलकुमार यादवलाई रोस्टममा आउने भनेका थिए। तर प्रतिपक्षी दलका सांसदहरु रोस्टम अगाडि गएर उभिएपछि बैठक स्थगित भएको हो।

सभामुख मण्डलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि कुनै छलफल नै नभई अर्थमन्त्रीलाई छलफलमा उठेको प्रश्नको जवाफ दिन समय दिएका हुन्। असार मसान्तसम्म आव २०८२/०८३ को बजेट सदनबाट पास गर्नुपर्ने प्रावधान छ।

प्रकाशित : असार २८,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA