भारत–पाकिस्तान द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी : JCNEPAL MEDIA

श्रावण ०३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्। यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार गर्दै आएको छ।

यसबाहेक ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको दाबी पनि गर्दै आएका छन्। ट्रम्पले भारत र पाकिस्तानसँग व्यापार बन्द गर्ने धम्की दिएको समेत बताएका थिए। त्यसपछि दुवै देश युद्धविराममा सहमत भएको उनको भनाइ छ। मे महिनामा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्वको समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए।अमेरिकाले यो वार्तालापलाई युद्धविरामको रूपमा प्रस्तुत गरेको थियो। ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए। ट्रम्पले के भने ? ट्रम्पले अमेरिकाले धेरै युद्ध रोकेको र ती सबै गम्भीर युद्ध भएको बताए ।

उनले भने, ‘भारत र पाकिस्तानबीच पनि त्यस्तै भइरहेको थियो। त्यहाँ विमानहरू खसालिएका थिए। मलाई लाग्छ वास्तवमा पाँचवटा जेट खसालिएका थिए। दुवै आणविक हतियार सम्पन्न देश हुन् र एकअर्कामाथि आक्रमण गरिरहेका थिए। उनले थप भने : यो युद्धको नयाँ तरिका जस्तो देखिन्छ। हामीले हालसालै इरानलाई के गर्‍यौँ भनेर तपाईंले देख्नुभयो। हामीले उनीहरूको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्‍यौँ। ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्दै गइरहेको र यसलाई व्यापार मार्फत समाधान गरेको बताए।

प्रकाशित : श्रावण ०३,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA