आज मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय : JCNEPAL MEDIA

साउन २०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन्।

सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबीच भएको सम्झौता अनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा साउन १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले तेस्रो जलविद्युत परियोजना विकासका लागि भएको सम्झौता बमोजिम डा पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रुपमा दर्तामा रहेका एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा कम्पनीको फण्डबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा शर्त र अन्य सुविधा तोक्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले बताए।

त्यस्तै गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको उनले बताए। मन्त्रपरिषद्ले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२, राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पाँचौँ संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेललाई नियुक्त गरेको छ।

प्रकाशित : साउन २०,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA